गृहपृष्ठ खबर कक्षा ११ र १२ मा गणित पनि अनिवार्य सरह

कक्षा ११ र १२ मा गणित पनि अनिवार्य सरह

प्रकाशित मिति:

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ११ र १२ मा देखिएको विषयगत समस्या समाधान गरेको छ । पाठ्क्रम विकास परिषदको बैठकले माध्यमिक तहमा गणित विषयको अध्ययनबाट विद्यार्थीले उच्च शिक्षामा प्राप्त गर्न सक्ने अवसरलाई दृष्टिगत गरी गणित विषयलाई अनिवार्य गरेको छ ।

केन्द्रले सर्वोच्च अदालतको निर्देशात्मक आदेश र विगतमा गणित विषयको अध्ययन गर्न गठित कार्यदलको सिफारिस समेतका आधारमा कक्षा ११ र १२ मा भर्ना हुने विद्यार्थीलाई गणित पढ्ने अवसर उपलब्ध गराउन हालको संरचनामा अनिवार्य सामाजिक अध्ययन तथाजीवनोपयोगी शिक्षा विषय वा गणित पढ्न पाउने व्यवस्था गरेको हो ।

केन्द्रका महानिर्देशक केशव दाहालले अब पाठ्त्रयमको सबै समस्या समाधान भएको जानकारी दिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले परिषदले गरेको निर्णयमा बुधबार हस्ताक्षर गरेपछि नया संरचना अनुसार प्रारुप लागु भएको हो ।

निर्णयमा अनिवार्य विषयका रूपमा गणित विषय अध्ययन गर्ने विद्यार्थीले ऐच्छिक विषयका रूपमा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषय र अनिवार्य विषयका रूपमा सामाजिक अध्ययन तथा जीवनउपयोगी शिक्षा विषय अध्ययन गर्ने विद्यार्थीले ऐच्छिक विषयको रूपमा गणित विषयअध्ययन गर्न सक्ने व्यवस्था गरेको छ । निर्णयमा विषयगत प्रयोगात्मक पाठ्यघण्टा सम्बन्धीत पाठ्यक्रमले निर्धारण गरे बमोजिम थप हुन सक्ने व्यवस्था गरेको छ ।

सम्बन्धित् समाचार