गृहपृष्ठ खबर गृहमन्त्री थापाले भने- मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलको जुमा लगेर थुनिदिन्छौं

गृहमन्त्री थापाले भने- मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलको जुमा लगेर थुनिदिन्छौं

प्रकाशित मिति:

काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले ओली सरकारविरूद्ध ‘मांसाहारी’ आन्दोलन गरे त्यस्तो आन्दोलन गर्नेलाई जावलाखेलको चिडियाखानामा लगेर थुनिदिने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरले शुक्रबार दरबारमार्गमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन्।

केही दिनअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु ले सरकारविरूद्ध मांसाहारी आन्दोलन गर्नुपर्ने बताएका थिए।

‘उहाँहरूले मांसाहारी आन्दोलन गर्ने भन्नुभएको छ। त्यस्तो आन्दोलनलाई हाम्रो संविधानले अपराध मान्छ। त्यस्तो अपराध गर्नेलाई हामी जावलाखेलको जुमा लगेर थुनिदिन्छौं,’ थापाले भने।

थापाले राष्ट्रपति, प्रधानमन्त्री र पार्टी अध्यक्षलाई अपदस्त गर्ने षडयन्त्र भएकाले अहिलेको अवस्था आएको बताए। उनले मांसाहारी आन्दोलनबाट सचेत रहन पनि जनतालाई आग्रह गरे।

सम्बन्धित् समाचार