गृहपृष्ठ खबर हालसम्म १ लाख ७० हजार बढीले लगाए कोरोना विरुद्धको खोप

हालसम्म १ लाख ७० हजार बढीले लगाए कोरोना विरुद्धको खोप

प्रकाशित मिति:

काठमाडौं : शुक्रबारसम्म देशभर ७७ जिल्लाका २ सय १ खोप केन्द्रबाट १ लाख ७१ हजार ४ सय ८६ व्यक्तिले कोरोनाविरुद्धको खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा २३ हजार ८२, प्रदेश २ मा २२ हजार ७ सय ५६, बागमती प्रदेशमा ५९ हजार ९ सय ४२, गण्डकीमा १७ हजार ३ सय १५, लुम्बिनीमा २६ हजार ८ सय ९८, कर्णालीमा ८ हजार ६ सय ८४ र सुदूरपश्चिममा १२ हजार ८ सय ९ जनाले खोप लगाएका छन्।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पहिलो चरणको खोप शनिबार सम्म लगाइने जानकारी दिए। दोस्रो चरणअन्तर्गत लगाइने खोप चाँडै जानकारी दिनेसमेत उनले बताएका छन्।

सम्बन्धित् समाचार