गृहपृष्ठ Featured कपिलवस्तु उद्योग वाणिज्य संघको १४ औँ बार्षिक साधारण सभा सकियो, मंगलवार चुनाव हुने

कपिलवस्तु उद्योग वाणिज्य संघको १४ औँ बार्षिक साधारण सभा सकियो, मंगलवार चुनाव हुने

प्रकाशित मिति:

 

 

कपिलवस्तु उद्योग वाणिज्य संघको १४ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संघको सभाहल प्रांगणमा सम्पन्न साधारण सभामा संस्थाका अध्यक्ष उमानाथ पौडेलले संस्थाले गरेका कार्य तथा अहिले सम्मका उपलब्धिहरु, महा–सचिव लक्ष्मण अधिकारीले बार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष मोहन न्यौपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संघको चुनाव मंगलवार हुने बताईएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग बाणिज्य महासंका केन्द्रिय अध्यक्ष शेखर गोल्छाले कोभिड १९ का कारण उद्योगी व्यवसायीको अवस्था अत्यन्तै दयनिय भएको बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गोल्छाले कोभिडका कारण निजी क्षेत्रले करिव ३ खर्वको घाटा व्यहोर्नुपरेको भन्दै राहतका लागि सरकारसंग पहल गरिरहेको बताए । गोल्छाले त्यस्तै कोभिडकै कारण १२ लाख नागरिक गरिबिको रेखामुनि रहेकाले यस्तो अवस्थालाई अब माथि उकास्न उद्योग वाणिज्य महासंघले विभिन्न योजना बनाईरहेको बताए । उनले जब सम्म निजी क्षेत्रको आम्दानी बढ्दैन तब सम्म सरकार पनि आर्थिक रुपमा बलियो हुन नसक्ने दावि गरे । उनले भगवान गौतम बुद्धको क्रिडास्थल कपिलवस्तु जिल्ला एक धार्मिक, पर्यटकीय क्षेत्रमा पनि धनि रहेकाले यस क्षेत्रमा लगानि गर्नुपर्नेमा जोड दिएका थिए । यसका लागि कपिलवस्तु उद्योग बाणिज्य सँघले पहिचान सहितको कार्यक्रम निति निर्माण गरेर ल्याए आफुले केन्द्रबाट आवश्यक सहयोग गर्ने समेत बताए । उनले साना तथा मझौला उद्योग, व्यापारको विकास भएमात्र देशको आर्थिक समृद्धि हुने बताउदै, यस्ता व्यावसायीक कर्ताका लागि झन्जटिलो प्रकृया, सहुलियत ऋणका लागि ऐन परिमार्जन गर्नुपर्नेमा समेत जोड दिएका थिए ।

विशिष्ट अतिथि लुम्बिनी प्रदेश सांसद बिष्णु प्रसाद पन्थीले अन्य क्षेत्रका व्यवसायीले यस क्षेत्रका व्यवसायीलाई विस्थापित नगर्ने गरि व्यवसाय मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए । प्रदेश सरकारले यस क्षेत्रका विभिन्न सडक विस्तार गर्ने दु्रत गतिमा अगाडि बढाएकाले सडकले पनि व्यापारमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

त्यस्तै बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले उद्योग वाणिज्य संघले छोटो समयमै संस्थागत विकास गरेको भन्दै यस क्षेत्रका व्यवसायीका हक अधिकार सुनिश्चित गरिरहेको बताए । मेयर थारुले यस क्षेत्रका व्यवसायी र उद्योग वाणिज्य संग सदैव समन्वय गरेर अगाडि बढ्न नगरपालिका तयार रहेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य रवि बहादुर काफ्ले, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधिराम आचार्य, पत्रकार महासंघका जिल्ला अध्यक्ष डिलाराम भुसाल, नागरिक समाजका अध्यक्ष दोलक बहादुर पछाई लगाएतले मन्तब्य व्यक्त गरेका थिए । सो अवसरमा विभिन्न क्षेत्रबाट सहयोग पुरयाउने व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।

 

सम्बन्धित् समाचार