गृहपृष्ठ Featured कपिलवस्तु उद्योग वाणिज्य संघको मंगलवार हुने निर्वाचनका लागि मनोनयन दर्ता, उम्मेद्धारी सार्वजनिक

कपिलवस्तु उद्योग वाणिज्य संघको मंगलवार हुने निर्वाचनका लागि मनोनयन दर्ता, उम्मेद्धारी सार्वजनिक

प्रकाशित मिति:

 

कपिलवस्तु उद्योग वाणिज्य संघको ७ औँ अधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि मंगलवार हुने निर्वाचनका लागि मनोनयन दर्ता गरिएको छ । संघको १४ औँ बार्षिक साधारण सभा सम्पन्न भए पनि सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन हुने नदेखिए पछि निर्वाचन हुने भएको हो जसका लागि ५ सदस्यीय निर्वाचन मण्डल गठन गरिएको छ  जसको प्रमुख निर्वाचन अधिकृतमा रविराज आचार्य, निर्वाचन अधिकृतमा कानुन विज्ञ गुणानिधि भुसाल र अधिवक्ता कृष्ण पौडेल, सदस्यमा सरोज खनाल र चेतनारायण भण्डारी रहेका छन् । निर्वाचन मण्डलका अनुसार आज साँझ ५ बजे सम्म उम्मेद्धारी दर्ता गर्ने समय तोकिएको सोहि अनुसार नाम पनि सार्वजनिक गरिएको छ । त्यस्तै भोलि मध्यान्ह १२ बजेसम्म दावि विरोध गर्न सकिने प्रमुख निर्वाचन अधिकृत आचार्यले जानकारी दिएका छन् । यदि दावि विरोध नभएको खण्डमा सार्वजनिक दुवै प्यानल निर्वाचनमा होमिने बताईएको छ । निर्वाचन मंगलवार विहानै देखि हुने निर्वाचन मण्डलले जनाएको छ ।
सार्वजनिक गरिएका उम्मेद्धार हरु (नेकपा पक्षधरका)
अध्यक्ष : टोपनारायण बेल्बासे
वरिष्ठ उपाध्यक्ष : छवि रेस्मी
उधोग उपाध्यक्ष : कृष्ण सापकोटा
बाण्ज्यि उपाध्यक्ष : कृष्ण गैरे
एसोसियट उपाध्यक्ष : बिरेन्द्र खाण
वस्तुगत उपाध्यक्ष : बाबुराम पान्डे
महासचिव : कुशल पौडेल
कोषाध्यक्ष : मनोहर योगि
सचिब : खिमा नन्द पौडेल ( कोपिल )
सह कोषाध्यक्ष : यम बहादुर के सि (ओम )
महिला सदस्य : गिता पौडेल
महिला सदस्य : शान्ति क्षेत्री
लेखा समिति : सम्योजक , मोहन न्यौपाने
लेखा समिति : सदस्य , कृति मल्ल रहेका छन । त्यस्तै
नेपालि कांग्रेस र जनमोर्चाका संयुत्त गठबन्धनका उम्मेद्धार हरु
अध्यक्षमा : डोलकराम घिमिरे
बरिष्ठ उपाध्यक्षमा : लक्ष्मण अधिकारी
उद्योग उपाध्यक्षमा : तुल्सीराम घिमिरे
बाणिज्य उपाध्यक्षमा : खुमानन्द घिमिरे
महासचिवमा : मनोज पौडेल
कोषाध्यक्षमा : बिनोद पन्त
सचिवमा : शंकर प्रसाद न्यौपाने
सह कोषाध्यक्षमा : सेराज अहमद
महिला उपाध्यक्षमा : इन्द्रीरा तिमिल्सीना
महिला सदस्यमा : लक्ष्मी थारु, मिना पौडेल पोखरेल र विमला श्रेष्ठ
एसोसेट उपाध्यक्षमा : टोपनारायण भण्डारी
सदस्यमा : लक्ष्मण भुसाल र मनोज बानिया
वस्तुगत उपाध्यक्षमा : शालिकराम भुसाल
लेखा समितिमा : कृष्ण अर्याल, बसन्त खनाल र फर्सुराम पन्त रहेका छन् ।
सहमतिको बाटो नदेखिए पछि दुवै पक्ष चुनावि मैदान होमिएका छन् ।

सम्बन्धित् समाचार