यो साता काठमाडौं उपत्याकाको बजारमा हरियो तरकारीको भाउमा अस्वभाविक वृद्धि देखिएको छ । खाद्यान्न, मसला, तेलहनको मूल्य स्थिर रहेपनि साता दिनको बजारमा हरियो तरकारी र खसीको मासुको भाउमा बृद्धि भएको व्यवसायीहरुले जनाएका छन् ।
यो साता कुखुराको मासुको मूल्य भने किलोमा २५ रुपैयाँले सस्तो भएको छ भने कालीमाटी तरकारी बजारबाट थोक बिक्री हुने प्रमुख तरकारीहरु काउली, प्याज, आलु, घिउसिमी तथा गालेभेडाको उपभोक्ता मूल्य बढेको बजार विकास समितिले जनाएको छ । तरकारीको भाउ कम्तीमा दुई रुपैयाँदेखि बढीमा ३० रुपैयाँ किलो थोकमै महँगो भएको देखिएको छ ।








