गृहपृष्ठ खबर पत्रकार तालिम प्राप्त नहुँदा विकृति : मन्त्री गुरुङ

पत्रकार तालिम प्राप्त नहुँदा विकृति : मन्त्री गुरुङ

प्रकाशित मिति:

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकारहरुलाई तालिमको जरुरी रहेको बताएका छन्। आइतबार काठाडौंमा आमसञ्चार र श्रमजीवी पत्रकार नीति, कार्यक्रम र बजेट विषय छलफल कार्यक्रममा मन्त्री गुरुङले पत्रकारहरुलाई तालिमको जरुरी रहेको बताएका हुन्। तालिम प्राप्त पत्रकार नहुँदा विकृति, विसंगति जन्मिएको भन्दै उनले पत्रकारहरुका निम्ति तालिम केन्द्रको विकास नगरी पत्रकारीता क्षेत्रको गुणस्तर नहुनेमा जोड दिए।

मन्त्री गुरुङले आफ्नो योग्यता, क्षमता र गुणस्तरबिना बजारमा बिक्री हुन्नौँ भन्ने हेक्का पत्रकारहरुले पनि राख्नुपर्ने बताए। उनले विरोध गरेपछि मात्रै पत्रकार भइन्छ भन्ने धारणा परिवर्तन नगरेसम्म पत्रकारिता क्षेत्रलाई सम्मानित, मर्यादित र जिम्मेवार बनाउन नसकिने पनि बताए।

पत्रकारहरुका लागि प्रशिक्षण प्रतिष्ठान खोल्ने कुरा सरकारको नीति कार्यक्रममा ल्याउने उनले बताए। मन्त्री गुरुङले अनलाइन नवीकरणका लागि जिल्ला हुलाक कार्यालबाट हुने गरी नीतिगत निर्णय गरिएको भए पनि हुलाकका कार्मचारी दक्ष नहुँदा प्रभावकारी नभएको बताए। पत्रकार प्रेस पासबारे कार्यविधि बनाएर वर्षैपिच्छे नवीकरण गर्ने परम्पराको अन्त्य गर्ने प्रयत्न गर्ने उनको भनाइ छ।

मन्त्री गुरुङले पत्रकारको समस्या समाधानका निम्ति प्याकेज बनाएर अघि बढ्ने बताए। पत्रकारहरुका लागि कोभिड १९ कोरोना भाइरसविरुद्धको खोपको व्यवस्था गरिएको पनि जानकारी दिए।

सम्बन्धित् समाचार