गृहपृष्ठ खबर निर्वाचनको तयारीलाई निरन्तर अगाडि बढाउनु : प्रधानमन्त्री ओली

निर्वाचनको तयारीलाई निरन्तर अगाडि बढाउनु : प्रधानमन्त्री ओली

प्रकाशित मिति:

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारीको कामलाई निरन्तरता दिन सुझाव दिनुभएको छ । मंगलबार निर्वाचन आयोग पुग्नुभएका प्रधानमन्त्री ओलीले आयोगसँगको छलफलमा आगामी बैशाख १७ र २७ गते हुने निर्वाचनको तयारीलाई निरन्तरता दिन सुझाव दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

‘प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र आयुक्तहरूले निर्वाचनको तयारीको सन्दर्भमा जानकारी दिनुभएको छ र प्रधानमन्त्रीले निर्वाचनको तयारीको कामलाई निरन्तर अगाडि बढाउन सुझाव दिनुभएको छ’, सल्लाहकार थापाले भन्नुभयो ।

आयोगसँगको छलफलपछि प्रतिक्रिया दिँदै सल्लाहकार थापाले निर्वाचनका लागि सुरक्षा बस्दोबस्ती, आवश्यक बजेट लगायतका निर्वाचनसँग सम्बन्धित विषयमा छलफल गर्नका लागि आयोग पुग्नुभएको बताउनुभयो ।

नेकपा विवादले विषयमा प्रधानमन्त्री र आयुक्तहरूबीच कुनै पनि छलफलन नभएको सल्लाहकार थापाले जानकारी गराउनुभयो । ‘नेकपा विवादका सन्दर्भमा सामान्य कुरा उठे पनि निर्वाचनको सन्दर्भमा छलफल केन्द्रीत भएको छ,’ उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले कानून र हिजोका अभ्यासको विषयमा जानकारी राख्नुभएको छ ।’

नेकपा विवादकाबीच प्रधानमन्त्री ओली निर्वाचन आयोग पुग्नुलाई अर्थपूर्ण रूपले हेरिएको छ ।

सम्बन्धित् समाचार