गृहपृष्ठ खबर थपिए १६० कोरोना संक्रमित, १६५ जना निको

थपिए १६० कोरोना संक्रमित, १६५ जना निको

प्रकाशित मिति:

काठमाडौं : नेपालमा थप १६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक सय ६० जनामा कोरोना पुष्टि भएको हो।

योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार २१६ पुगेको छ। यसैगरी, कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार ४७ पुगेको छ।

पछिल्लो २४ घण्टामा १६५ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६८ हजार ४३१ पुगेको छ।

सम्बन्धित् समाचार