गृहपृष्ठ खबर उत्तराखण्ड हिमनदी विस्फोट : ४ को उद्धार, ११ नेपाली वेपत्ता

उत्तराखण्ड हिमनदी विस्फोट : ४ को उद्धार, ११ नेपाली वेपत्ता

प्रकाशित मिति:

काठमाडौँ : भारतको उत्तराखण्डस्थित चमोली जिल्लामा हिमनदी फुटेर आएको बाढीमा परी ११ जना नेपाली वेपत्ता भएको बताइएको छ । आइतबार बिहान हिमनदी फुटेर बाढी आउँदा १ सय ७५ जना अझै वेपत्ता रहेको चमोली जिल्ला प्रहरीले सूची सार्वजनिक गरेको छ । जसमध्ये ११ जना नेपाली कामदारहरु पनि अझै भेटिएका छैनन् ।

वेपत्ता नेपालीहरुले ऋषिगंगा जलविद्युत परियोजना र तपोवनस्थित एनटीपीसीको जलविद्युत् आयोजनामा काम गर्दै गर्दैआएका थिए । तर यसअघि वेपत्ता सूचीमा रहेका चार नेपाली कामदारको जीवितै उद्वार गरिएको छ । उनीहरुको गत आइतबार साँझ नै इन्डो–तिब्बत बोर्डर पुलिस ९आईटीबीपी० को उद्धार टोलीले जीवितै उद्धार गरेको हो ।

घटनास्थलमा उद्वार कार्य अझै जारी रहेको पनि बताइएको छ । हिमनदी फुट्दा धौलीगंगा नदीमा आएको बाढीले प्रारम्भिक चरणमा २ सय जना वेपत्ता थिए । बाढीले बगाएर ल्याएको हिलो र ढुंगाले निर्माणाधीन सुरुङमा फसेका कामदारहरुको सकुशल उद्वार गरिएको छ भने अधिकांश मानिस अझै वेपत्ता छन् ।

सम्बन्धित् समाचार