गृहपृष्ठ Featured कपिलवस्तु उद्योग वाणिज्य संघको निर्वाचन सकियो, जम्मा ९५ प्रतिशत बढि मत खस्यो

कपिलवस्तु उद्योग वाणिज्य संघको निर्वाचन सकियो, जम्मा ९५ प्रतिशत बढि मत खस्यो


कपिलवस्तु, माघ २७
कपिलवस्तु उद्योग वाणिज्य संघको ७ औँ अधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि निर्वाचन सकिएको छ । संघको प्राङ्गणमा रहेको बुद्ध रंगशालामा मतदान सम्पन्न भएको हो । १४ औँ बार्षिक साधारण सभा सम्पन्न भए पनि सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन हुन नसकेपछि संघको नयाँ कार्यसमिति चयनका लागि आज चुनावी प्रक्रिया अपनाइएको थियो । निर्वाचन मण्डलका अनुसार कुल १६ सय २५ मतदाता रहेकोमा जम्मा ९५ प्रतिशत बढी मत खसेको छ । वडा नं.४ का वडाध्य गणेश बहादुर क्षेत्रीले मतदान गरेसंगै मतदान सकिएको हो । मंगलवार (बजार बन्द हुने दिन) भएकाले पनि उत्साहजनक रुपमा मतदान भएको प्रमुख निर्वाचन अधिकृत रविराज आचार्यले जानकारी दिएका छन् ।
मुख्य गरी दुई प्यानलमा सहमतिको प्रयास विफल भए पछि चुनाव तय गरिएको हो । अब केहि समय पछि मतगणना सुरु गरिने निर्वाचन मण्डलले जानकारी दिएको छ ।

सम्बन्धित् समाचार