गृहपृष्ठ खबर प्रधानमन्त्री ओलीले तीन वर्षे कार्यकालको समीक्षा फागुन ३ गते गर्ने

प्रधानमन्त्री ओलीले तीन वर्षे कार्यकालको समीक्षा फागुन ३ गते गर्ने

प्रकाशित मिति:

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तीन वर्षे कार्यकालको समीक्षा गर्नुहुने भएको छ । प्रधानमन्त्री नियुक्त भएको तीन वर्ष पुगेको अवसरमा फागुन ३ गते तीन वर्षे कार्यकालको समीक्षा गर्न लाग्नुभएको हो ।

शनिबार बुटवलमा आयोजित नेकपाको जनसभालाई सम्बोधन गर्दै उहाँले तीन वर्षमा ब्यापक विकासका कामहरु भएको जिकिर गर्नुभयो । साथै उहाँले फागुन ३ बिहान ११ बजेदेखि समीक्षा गर्ने भएकाले टेलिभिजनमा हेर्न आग्रह गर्नुभयो ।

उहाँले कार्यकालको समीक्षा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारबाट गर्ने जानकारी दिनुभयो । पछिल्लो १० महिना सम्म सिंहदरबारस्थित कार्यालय नजानुभएका प्रधानमन्त्री उक्त दिन कार्यालय जानुहुनेभएको छ ।

सम्बन्धित् समाचार