गृहपृष्ठ खबर कपिलवस्तुमा भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना

कपिलवस्तुमा भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना

प्रकाशित मिति:

 

कपिलवस्तु : कपिलवस्तुका तौलिहवास्थित जिल्ला समन्वय समितिको कार्यालयमा आईतवार भूमि सम्बन्धी समस्या समाधान आयोगको कपिलस्तुको कार्यालय स्थापना गरिएको छ । केही दिन अघि आयोगको संयोजककारुपमा कृष्ण पौडेल नियुक्त भएका थिए । राष्ट्रिय सभाकी सदस्य बिमला घिमिरेले कार्यालयको उदघाटन गर्दै बर्षौ देखि समस्याकारुपमा रहेको सुकुम्बासी लगायतका भुमी संबन्धी समस्या समाधान हुने बिश्वास ब्यक्त गरिन ।

उनले आयोगले वास्तविक भुमीहीनलाई मात्र जग्गा उपलब्ध गराउनु पर्ने बताईन । सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालले वास्तविका सुकृुम्बासीलाइृ मात्र जग्गा उपलब्ध गराउनु पर्ने बताए । सुकुम्बासीका बिषयमा गहन अध्ययन गर्नु पर्ने बताए । कार्यक्रममा प्रजिअ दीर्घ नारायण पौडेलले भुमी सम्बन्धी समस्यालाई आयोगले चार्डै टुंग्याउनु पर्ने बताए । कार्यक्रममा आयोगका जिल्ला संयोजक पौडेलले दलित र भुमीहीन सुकम्बासीलाई आयोगले प्राथमिकतामा राखेको बताए ।

अस्थायी बसोबास, सुकुम्बासी लगातयका बिषयमा पालिकाहरुले प्रमाणिकरण गरी आयोगमा त्यसको बिवरण पठाईने उनले बताए । उनले जग्गाको लगत समेत संककलन गरिने बताए । अयोगका संयोजक पौडेलको अध्यक्षता र भुमीराम पा्ेख्रेलको संचालनमा कार्यक्रम भएको थियो । सो लगत्र्तै आयोगका जिल्ला कार्य समितिको बैठक समेत संपन्न भएको थियो ।

सम्बन्धित् समाचार