गृहपृष्ठ Featured बाणगंगा वडा न.८मा बर्षौ देखि भोगचलन गरेको जग्गामा कब्जा जमाउदै भुमाफिया, भुमिहिन चिन्तित

बाणगंगा वडा न.८मा बर्षौ देखि भोगचलन गरेको जग्गामा कब्जा जमाउदै भुमाफिया, भुमिहिन चिन्तित

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगा वडा न.८ को सिसेनीमा बर्षौदेखि भोगचलन गरेको जग्गामा भुमाफियाले आफ्नो भन्दै दावि गर्न थाले पछि स्थानिय आक्रोसित भएका छन् । वाणगंगा नदी किनाराको नदी उकास जग्गामा टहरा बनाएर बसेका भूमिहिन सुकुम्बासीको बस्तीमै दलालि भूमाफियाले जग्गा आफ्नो भएको भन्दै नापि समेत लिएर आएपछि उनिहरु आक्रोसित भएका छन् । भूमि सम्बन्धि समस्या समाधान आयोगले जग्गा प्राप्तिका लागि भूमिहिन सुकुम्बासी बस्तीमा लगत संकलनको कामलाई तीव्र बनाएका बेला भूमाफिया सलबलाउन थालेका छन् । लगत संकलन गरे लगत्तै भूमाफियाले अमिन ल्याएर बस्ती नपाउन थालेपछि गाउँलेहरु चिन्तामा परेका हुन् ।

 

सिसेनी बस्तीको जग्गा आफ्नो नाममा रहेको भन्दै भीमप्रसाद सापकोटा आएपछि मंगलबार पत्रकारलाई बोलाएर स्थानीयले आ–आफ्नो गुनासो पोखेका छन् । केहि समय अगाडी वाणगंगा नगरपालिकाबाट आएको भूमि सम्बन्धि समस्या समाधान आयोग लगत संकलन टोलीले सिसेनीमा लगत संकलन गरे लगत्तै भुमिहिनहरुले लालपुर्जा पाउने निश्चित जस्तो भएपछि भूमाफियाले आफ्नो जग्गा भएको दाबी गर्न थालेको गाउँलेले गुनासो गरेका छन् ।

 

बर्षौ देखि नदी उकासको क्षेत्रमा टहरा बनाएर बसेको ठाउँमा अहिले आएर मेरो जग्गा भन्न थालेपछि गाउँले चिन्तामा परेको चुजा मियाँले बताए । ३० ÷ ३२ बर्ष देखि आफु यस बस्तीमै बसेको भन्दै अहिलेसम्म कसैले मेरो हो नभनेको जग्गामा अहिले एकाएक भीमलाल सापकोटाले आफ्नो जग्गामा किन बसेको भन्दै प्रश्न गरेको र हामिलाई देखाँउन अमिन ल्याएर तमासा गरेको उनले बताए ।

नदी उकास जग्गामा बसेपनि नगरबाट विद्युत, खानेपानी, बाटोको सुविधा स्थानीय सरकारबाट मिलेको सम्दीम मियाँले बताउनुभयो । आजसम्म कसैले मेरो हो नभनेको स्थानमा अहिले आएर एकाएक आफ्नो जग्गा भएको दावी आउन थालेको उनको गुनासो छ ।

सिसेनी गाउँको सुकुम्बासी बस्तीमा झण्डै ३५४० घरधुरी छन् । अधिकांश मुस्लिम समुदायका रहेका यो बस्तीमा जनजाती, दलितको पनि बसोबास छ । सुकुम्बासीबस्तीमा अर्कैले सम्पत्ती दावा गरेपनि त्यो निराधार झुठो रहेको स्थानीयष् राजनीति दलका नेताहरुले बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी ओली समूहका जिल्ला सचिवालय सदस्य कर्ण बहादुर लामाले बर्षौ बसोबास गर्दै आएका यहाँका सुकुम्बासीबस्तीमा कसैले आँखा लगाउन नपाउने बताए ।
घरबारविहिन व्यक्तिलाई अहिलेको सरकारले जग्गाको बन्दोबस्त गर्न थालेको भन्दै नदी उकासको जग्गामा बर्षौ बसेका नागरिकलाई डर, त्रास र धम्की दिन थालिएको भन्दै आपत्ति जनाएका छन् । सिंगो बस्तीको जग्गामा आफ्नो भएको दाबी गर्ने व्यक्ति जुनसुकै दलको भएपनि आफ्नो पार्टीको विरोध रहने उनको भनाई छ ।

त्यस्तै राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य ऋषिराम शर्माले पनि पुरानो सिसेनी बस्ती सिंगो सुकुम्बासीबस्ती रहेको बताए । आफु पनि स्थानीय भएको भन्दै बर्षौदेखि घर बनाएर बसेका सर्वसाधारणको जग्गामा अहिले आएर आफ्नो जग्गा भन्नु सरासर बेइमानी भएको उनको भनाई छ ।

भीमलाल सापकोटाले सिसेनी बस्ती आफ्नो भएको दाबी गरेपनि जिल्ला मालपोत कार्यालयमा उक्त जग्गा सापकोटाको नाममा नभएको खुलेको छ । जिल्ला मालपोतमा गएर बुझ्दा कित्ता नं. १०४४ को जग्गा भनेपनि कसैको नाममा नभएको पाइएको हो । यो कित्ता नं.मा सिंगो सुकुम्बासी बस्ती छ ।

सम्बन्धित् समाचार