
लुम्बिनी प्रदेश स्तरिय कराँते छनौट प्रतियोगिता रुपन्देहीको बुटवलमा सम्पन्न भएको छ । रौतहटमा हुने प्रथम मेयरकप पुरुष राष्ट्रिय कराँते प्रतियोगितामा सहभागि हुन खेलाडी छनौटका लागि मंगलवार बुधवार उक्त प्रतियोगिता आयोजना गरिएको हो । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ आयोजित खेलमा लुम्बिनी प्रदेशका १० जिल्लाका १ सय ८ जना २५ केजि देखि ६५ केजी तौल सम्मका खेलाडीहरु सहभागि रहेका थिए । लुम्बिनी प्रदेश टेक्निकल कमिटिको आयोजनामा भएको खेलमा नवलपारशी पश्चिम प्रथम भएको छ । नवलपराशीले ४ स्वर्ण र २ रजत पदक प्राप्त गरेको हो । त्यस्तै रुपन्देही ३ स्वर्ण, ३ रजत र ३ कास्य पदक सहित द्धितीय भएको छ । तृतीय भएको पाल्पाले १ स्वर्ण र १ रजत पदक प्राप्त गरेको छ । प्रतियोगितामा प्रथम, द्धितीय तथा तृतीय स्थान हासिल गर्ने खेलाडीहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो ।
जिल्ला खेलकुद विकास समिति रुपन्देहीको कभर्डहलमा सम्पन्न भएको खेलमा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग रहेको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेश टेक्निकल कमिटिका अध्यक्ष मिन प्रसाद पोख्रेलको अध्यक्षता, बुटवल उपमहानगरपालिकाका उप प्रमुख गोमादेवी आचार्यको प्रमुख आतिथ्यता, रेफ्री संयोजक ऋषिराम पौडेको स्वागत मन्तब्य तथा लुम्बिनी प्रदेश टेक्निकल कमिटिका सचिव माधव घिमिरेको सञ्चालन रहेको थियो ।
रौतहटमा हुने प्रथम मेयरकपका लागि लुम्बिनीमा प्रदेश स्तरिय कराँते छनौट प्रतियोगिता
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबै६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
१३ मिनेट अघि
मध्यपूर्व युद्धले भारतको ग्यास आपूर्ति जोखिममा
६ घण्टा अघि








