गृहपृष्ठ खबर आइपिएल अक्सनमा सन्दीप नबिक्दा नेपाली समर्थक निरास

आइपिएल अक्सनमा सन्दीप नबिक्दा नेपाली समर्थक निरास

काठमाण्डौ : इण्डियन प्रिमियर लिग (आईपीएल) को अक्शनमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने ‘अनसोल्ड’ भएका छन् । चेन्नईमा भइरहेको अक्शनमा सन्दीप ‘अनसोल्ड’ भएका हुन् । न्यूनतम अनुबन्ध रकम ४० लाख भारु रहेका सन्दीपलाई कुनै पनि क्लबले अनुबन्ध नगरेको हो ।

तीन वर्षका लागि दिल्ली क्यापिटल्समा अनुबन्ध भएका सन्दीपलाई दिल्लीले यस वर्ष रिलिज गरेको थियो । सन्दीप अक्शनका लागि छनोट भएसँगै नेपाली समर्थक निकै खुसी भएका थिए ।

सन्दीपले दिल्लीबाट नौ खेल खेलेकोमा १३ विकेट लिएका थिए । सन्दीप दिल्लीमा तीन वर्ष अनुबन्ध भए पनि गएको संस्करणमा भए एक खेलमा पनि मौका पाएका थिएनन् ।

सम्बन्धित् समाचार