गृहपृष्ठ खबर थपिए ९७ कोरोना संक्रमित, ३ को मृत्यु

थपिए ९७ कोरोना संक्रमित, ३ को मृत्यु

काठमाडौं : नेपालमा थप ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ९७ जनामा कोरोना पुष्टि भएको हो।

योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७३ हजार २६३ पुगेको छ। पछिल्लो २४ घण्टामा ११४ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६९ हजार ६१९ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या २०६१ पुगेको छ।

सम्बन्धित् समाचार