गृहपृष्ठ खबर कपिलवस्तुको बुद्धभूमिका डा. विश्वकर्मा दक्षिण अफ्रिकाको राजदूतमा नियुक्त

कपिलवस्तुको बुद्धभूमिका डा. विश्वकर्मा दक्षिण अफ्रिकाको राजदूतमा नियुक्त

काठमाडौं : दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा डा। निर्मलकुमार विश्वकर्मा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई मंगलबार राजदूत नियुक्त गरेकी हुन् ।

राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिसमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ का विश्वकर्मालाई संविधानको धारा २८२ अनुसार नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषद बैठकले गत असोज १५ गते उनीसँगै राजदूत सिफारिस गरेका डा। युवराज खतिवडा अमेरिका र लोकदर्शन रेग्मी बेलायतको राजदूतमा नियुक्त भइसकेका छन् ।

सम्बन्धित् समाचार