
कपिलवस्तु : मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत कपिलवस्तु नगरपालिकाका १ सय ७ जनालाई पेन्टिङ तालिम मार्फत रोजागरी दिने व्यवस्था मिलाइएको छ । पेन्टीङ तालिमकालागि आईडिएल ईन्जीनीयरिङ कन्सलटेन्सी प्रालिको सहकार्यमा सुचीकृत उनीहरुलाई १० दिने सो तालिम दिइएको हो । तालिम संगै उनीहरुलाई प्रमाण पत्र र त्यस संबन्धी १० प्रकारका उपकरण र औजार समेत प्रदान गरिएको थियो । कपिलवस्तु नगरपालिकाका उप मेयर लक्ष्मी साउ गुप्ताले तालिम लिएकारुलाई मुख्यमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगारी समेत दिईने बताईन ।
तालिम लिएकाहरुलाई सूरुमा सरकारी बिद्यालयमा पेन्टीङ गर्नकालागि रोजागरी दिईने उनले बताईन । अहिले गाउ समाजमा दक्ष पेन्टिङ गर्ने कामदारको अभाव भएको बेला पेन्टीङको सिप सिकेकाहरुले अन्य ठाउमा समेत सजिलरी रोजागरी पाउने उनले बताईन । उनले पेन्टीङमा महिला समेत सहभागी हुनु नौलो कुरा भएको बताईन । प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले कार्यक्रम मार्फत उनीहरुलाई एकै पटक ३ वटा कुरा पाउने बताए । रोजगारी र सिप दिएर नगरपालिलकोले नौलो काम गरेको बताए । उनले यसबाट तालिम लिएकारुले धैरै फाईदा पाउने बताए ।
कन्सलटेन्सीका प्रबन्ध निर्देशक अरुण अर्यालले १० जना दक्ष प्रशिक्षकले ४ समुह बिभाजन गरी १० दिने तालिम दिइएको बताए । उनले तालिममा ९० प्रतिशत सहभागीता जनाएकाहरुलाइृ मात्र प्रमाण पत्र दिइएको बताए । कार्यक्रम संयोजक सुरेश बराईलीले रोजागरीकालागि सुचीकृत ९ सय ९४ मध्ये सय ७ जनालाई पेन्टीङ तालिममा सहभागी गराइएको बताए । तालिम लिएकाहरुलाई सरकारी मापन्ड अनुसार छनौट गरिएका १२ वटा नमुना बिद्यालयहरुमा काममा खटाईने र ज्याला समेत दिईने सहजकर्ता रुकैया खातुनले बताईन ।








