
चार नम्बर जीतपुर : आयोजक सुर्योदय सामाजिक विकास संस्था ‘प्रथम सूर्योदय फुटवल प्रतियोगिता’ को सेमिफाइनलमा प्रवेश गरेको छ । सिद्धार्थ रंगशालामा आज भएकोे क्वाटर फाइनल खेलमा दमकडा फुटबल क्लव पाल्पालाई ६–१ को फराकिलो गोल अन्तरले हराउदैं सुर्योदय सेमिफाइनलमा प्रवेश गरेको हो ।

आयोजक टिमलाई सेमिफाईनलमा प्रवेश गराउन सुरज हमाल एक्लैले ४ गोल गरे । त्यस्तै निसान न्यौपाने र रोसन सेनले १÷१ गोल थप गर्दा सुर्योदयले फराकिलो जित हासिल सफल भएको हो । आयोजकले दिएको जानकारी अनुसार भोलि कोब्रा गाईज कपिलवस्तु र न्यु युथ युनियन पाल्पा बीच दिउँसो ३ बजे खेल हुने छ ।
प्रतियोगितामा लुम्बिनी प्रदेशका बिभिन्न १२ टोली सहभागी भएका छन् । संस्थाका अध्यक्ष सरोज सेनका अनुसार प्रतियोगिताको विजेता टोलीले नगद १ लाख १ हजार १ सय ११, उप–विजेता टिमले ५५ हजार ५ सय ५५ रुपैया सहित शिल्ड मेडल र प्रमाण पत्र पाउने छन् ।








