गृहपृष्ठ Featured तिन हजार मिटर दौडमा रिना र मनोजलाई एक एक स्वर्ण

तिन हजार मिटर दौडमा रिना र मनोजलाई एक एक स्वर्ण


बाणगंगामा जारि राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगितामा सुक्रवार विहान भएको ३००० मिटर दौडमा छात्रा तर्फ हेमराज मावि हथौसा र छात्र तर्फ झण्डा मावि झण्डाले एक एक स्वर्ण जित्न सफल भएका छन् । हेमराज मावि हथौसाकि ११ बर्ष उमेरकी जर्सि न.२७ रिना थारुले १२ मिनेट ५० सेकेन्डमा तिन हजार मिटर पार गरेर प्रथम स्थान हासिल गर्न सफल भएकि हुन् ।

त्यस्तै छात्र तर्फको दौडमा झण्डा मावि झण्डाका जर्सि न. १४ मनोज अचाचार्यले १० मिनेट २९ सेकेन्डमा तिन हजार मिटर पार गर्दै प्रथम भएका हुन ।

यस्तै आज विहान भएको कवड्डी खेलमा हेमराज मावि हथौसाले ओदारि माविलाई पछि पार्दै कवड्डी तर्फको एक स्वार्ण जित्न सफल भएको प्रतियोगिताका संयोजक मिन प्रसाद पोख्रेलले जानकारी दिए ।

विहान आठ बजे देखि सुरु भएको खेलमा हेमराज मावि हथैसालाई दुई स्वर्ण र झण्डा मावि भण्डाले एक स्वर्ण जितेका छन् । खेल बाणगंगा २ पिपराको जनता नमुना मध्यामिक बिद्यालयमा भईरहेकोछ ।

सम्बन्धित् समाचार