
कपिलवस्तु : भैरव युवा क्लव नवलपरासी ‘प्रथम सूर्योदय फुटवल प्रतियोगिता’ को सेमिफाइनलमा प्रवेश गरेको छ । सिद्धार्थ रंगशालामा आज भएकोे क्वाटर फाइनल खेलमा राईजिङ स्टार चन्द्रौटालाई पेनाल्टिमा ४–३ को गोल अन्तरले नवलपरासी सेमिफाइनलमा प्रवेश गरेको हो ।
निकै प्रतिस्पर्धात्मक भएको खेलमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टिमा गएको हो । आजको खेलमा निकै उत्कृष्ट लयमा देखिएका रोशन डोङ म्यान अफ दि म्याच घोषित भएका छन् । भैरवले सेमिफाइनलमा अब १७ गते न्यु युथ युनियन, पाल्पासँग प्रतिस्पर्धा गर्नेछ ।
आयोजकले दिएको जानकारी अनुसार भोलि आयोजक सुर्योदय सामाजिक विकास संस्था र हिमालायन सामुदायिक विकास केन्द्र रुद्रपुर विच प्रतिस्पर्धा हुने छ । खेल दिउँसो ३ बजेबाट सुरु हुने बताईएको छ ।
संस्थाका अध्यक्ष सरोज सेनका अनुसार प्रतियोगिताको विजेता टोलीले नगद १ लाख १ हजार १ सय ११, उप–विजेता टिमले ५५ हजार ५ सय ५५ रुपैया सहित शिल्ड मेडल र प्रमाण पत्र पाउने छन् ।








