गृहपृष्ठ खबर विप्लव समूहसँग सरकारले छिटै वार्ता गर्छ : प्रधानमन्त्री ओली

विप्लव समूहसँग सरकारले छिटै वार्ता गर्छ : प्रधानमन्त्री ओली

काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव समूहसँग सरकारले छिटै वार्ता गर्ने बताउनुभएको छ । झापामा औद्योगिक पार्क शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले विप्लव समूहका कारण देशमा भइरहेको समस्या छिटै समाधान हुने र वार्ताको तयारी भइरहेको बताउनुभयो । ‘छिटै वार्ता हुँदैछ, तपाईँहरूले घरघरमा बसेर त्यो वार्ता हेर्न पाउनुहुनेछ’, ओलीले भन्नुभयो ।

उहाँले संयुक्त राष्ट्र सङ्घले आइतवार मात्रै सार्वजनिक गरेको विश्व शान्तिको सूचकमा नेपालले स्थान सुधार गरेको र दक्षिण एसियामै पहिलो देश बनेको पनि बताउनुभयो ।

देशमा विकासको अभूतपूर्व लहर चलिरहेको ओलीको भनाइ छ । उहाँले औद्योगिक पार्कले नेपालको व्यापार घाटा घटाउन सहयोग पुग्ने बताउनुभयो । नेपालले विदेशबाट किनेर मात्रै ल्याउने नभइ बेच्ने हिसाबले पनि काम गर्नुपर्ने उहाँको भनाइ छ ।

सम्बन्धित् समाचार