
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सासंद अत्तहर कमाल मुसलमानले प्रधानमन्त्री पद दिएर वा लिएर भएपनि कम्युनिष्टलाई फुटाउनु पर्ने बताएका छन । कम्युनिष्टबाट देशको बिकास सम्भव नरहेको बताउदै सासंद कमालले प्रधानमन्त्रीको पद लिएर वा दिएर भएपनि कम्युनिष्ठलाई फुटाउनु पर्ने बताए ।
नेपाली कांग्रेस बाणगंगा नगर समितिले आयोजना गरेको कपिलवस्तु उद्योग बाणिज्य सघंका बिजयी उमेद्धवारलाई सम्मान कार्यक्रममा बोल्दै मुसलवानले देशको दिर्घकालिन बिकासका लागी भएतापनि कम्युनिष्टलाई कांग्रेसले फुटाउनु पर्ने बताए ।
बाणगंगाको चार नः जितपुरमा रहेको होटेल एडिमा भएको कार्यक्रममा बोल्दै सासंद मुसलमानले कांग्रेसले अवको रणनिति तत्काल तयार पारेर अगाडी बढनु पर्ने समेत बताए ।
सो अवसरमा कपिलवस्तु उद्योग बाणिज्य सघंका बिजयी उमेद्धवार अध्यक्षमा डोलकराम घिमिरे, उपाध्यक्षमा शालिकराम भुसाल, तुल्सीराम घिमिरे, इन्द्रीरा तिमिल्सीना, महासचिव मनोज पौडेल, कोषाध्यक्षमा बिनोद पन्त लगायतलाई सम्मान गरिएको थियो ।








