
बाणगंगा नगरपालिका वडा नः १ ले वडा भित्रका महिला स्वयमसेवकलाई सम्मान गरेको छ । बर्षौदेखि स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै वडाले स्वयमसेविकालाई सम्मान गरेको हो ।
बाणगंगाको वडा नः १ उत्तमनगरमा आधारभुत स्वास्थ्य चौकी उद्यघाटन कार्यक्रमका अवसरमा वडा भित्रका महिला स्वयमसेविकालाई एक थान दराज, छाता र हाते ब्यागसहित प्रमाण पत्रसहित वडाले सम्मान गरेको हो । आवश्यक सामानसहित सम्मान गरेको भन्दै महिला स्वयमसेविकाले वडालाई धन्यवाद समेत दिएका छन ।
महिला स्वयमसेविकालाई वडाले निरन्तर सम्मान कसमेत गर्दै जाने वडा नः १ की वडाध्यक्ष बाल कुमारी अधिकारी पन्तले बताइन ।








