गृहपृष्ठ Featured कपिलवस्तुमै पहिलो शेयर बजार तालिम बाणगंगा टेक्निकल ईन्स्टिच्युटद्धारा सञ्चालन

कपिलवस्तुमै पहिलो शेयर बजार तालिम बाणगंगा टेक्निकल ईन्स्टिच्युटद्धारा सञ्चालन

पछिल्लो समय शेयर बजार प्रति आम मानिसको चासो ह्वात्तै बढेको छ । हामी हरेक बजार, टोल टोल र गल्लीगल्लीमा यसको चर्चा निकै भएको देखीरहेका छौँ । तर शेयर बजार प्रति चासो बढेपनि आवश्यक ज्ञान भने धेरैलाई थाहा छैन । सोहि बिषयलाई मध्यनजर गर्दै कपिलवस्तुको बाणगंगामा बाणगंगा टेक्निकल ईन्स्टिच्युट प्रालिले शेयर मार्केट ट्रेनिङ सञ्चालन गरेको छ । जिल्लामै पहिलो पटक बढ्दो शेयर बजारलाई मध्यनजर गर्दै शेयर बजारको सम्पुर्ण प्रक्रियाको बारेमा जानकारी गराउने उद्देश्यले सो तालिम सञ्चालन गरिएको हो ।

अत्याधिक रुपमा शेयर बजार खुलेको तर धेरै जना शेयर बजारको बिषयमा जानकार नभएकोले तालिम प्रदान गरिएको प्रालिका सञ्चालक डम्बर बहादुर सोमै बताउनुहुन्छ । विभिन्न जिल्लाबाट तालिम लिन आएका सहभागिहरुले तालिम निकै प्रभावकारी रहेको प्रतिक्रिया दिएका छन् ।

उक्त तालिममा काठमाडौँ लगायत मोफसलका विभिन्न शहरहरुमा शेयर बजार सम्बन्धि तालिम संचालन गर्दै आउनुभएका सन्दिप चौधरीले सहजकर्ताको भूमिका निर्वाह गर्नु भएको थियो । शेयर बजारमा लगानि गर्नुभन्दा पहिले ध्यान दिनुपर्ने कुराहरुको बारेमा जानकारी गराउँदै शेयर बजारमा लगानि गर्न आग्रह गर्नुभयो ।

तालिममा बाणगंगा टेक्निकल ईन्स्टिच्युटका संचालक अर्जुन रास्कोटि र बोम बहादुर कुँवरले तालिमको बारेमा प्रकाश पार्नु भएको थियो । बाणगंगामा सञ्चालन भएको १ दिने तालिममा कपिलवस्तु लगायत छिमेकी जिल्ला दाङ र रुपन्देही बाट गरी ३० जनाको उत्साहजनक सहभागिता रहेको थियो । ईन्स्टिच्युटका अर्का संचालक डम्बर सोमैको संचालनमा तालिम सम्पन्न भएको हो ।

सम्बन्धित् समाचार