बाणगंगा नगरपालिका वार्ड नम्बर ९ को श्री शुद्द्धोधन जनजीवन माध्यमिक बिध्यालय परिसरमा लायन्स क्लब अफ कपिलबस्तु को आयोजनामा आज निसुल्क आँखा दृष्टि परिक्षण सम्पन्न भएको छ।
वार्ड नम्बर ९ का वार्ड अध्यक्ष श्री धुर्ब बेलबासेको प्रमुख आतिथ्यता संगै दृष्टि परिक्षण शुभारम्भ वार्ड अध्यक्ष श्री धुर्ब बेलबासे बाट नै गरिएको थियो। क्लबका उल्यख्य डाइरेक्टर हरुको सहभागितामा उक्त कार्यक्रम गरियको हो । कार्यक्रममा ३०० बढि व्यक्तीहरुले दृष्टि परिक्षण गराउनु भएको थियो ।
प्राबिधिकमा बिक्रम घिमिरे संगै कार्यक्रममा OA बिपिन आचार्य र रिया थापा हुनुहुन्थ्यो निशुल्क आँखा परिक्षण संगै आगामी दिनहरुमा पनि भलवाड भित्र यस्तै प्रकारका अन्य थुप्रै सिबिर हरु संचालन गरिने कुरा कार्यक्रमका बिसिस्ठ अतिथी कृष्ण के सी ले वैखरी लाइ बताउनुभएको थियो।
लायन्स क्लव अफ कपिलवस्तुले आयोजना गरेको शिविरमा सहभागि भएपछि स्थानियहरु निकै खुशी समेत भएका थिए । सामाजिक क्षेत्रमा यस्ता रचनात्मक कार्यक्रम निरन्तर गर्दै समेत जाने कार्यक्रमका अध्यक्ष तथा लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष सुरेन्द्र घिमिरेले सो अवसरमा बताए ।








