गृहपृष्ठ खबर शिवराज नगरपालिकामा जेष्ठ नागरिकहरुलाई खोप लगाउन सुरु

शिवराज नगरपालिकामा जेष्ठ नागरिकहरुलाई खोप लगाउन सुरु

कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिकामा ६५ वर्ष पुरा गरेका जेष्ठ नागरिकहरुलाई खोप लगाउन सुरु भएको छ । नगरका सबै वडामा रहेका स्वास्थ्य चौकी वाट कोरोना विरुद्धको खोप कार्यक्रम संचालन भई रहेको स्वास्थ्य शाखाले जनाएको छ । शिवराज नगरपालिका वडा १ मा रहेको शिवपुर स्वास्थ्य चौकीमा ९४ बर्षिय निम बहादुर केसिलाई खोप लगाई उद्धघाटन गरिएको हो ।

आज पहिलो दिन चैनपुर, स्वर्गद्वारी आवासीय क्षेत्र ,कलौनि टोलको मात्रै ५५ जनालाइै खोप लगाइएको स्वास्थ्य चौकी प्रमुख लेखनाथ पौडेलले बताउनुभयो । नगर प्रमुख नेत्रराज अधिकारीले अनुगमन गर्दै शिवराजमै नमुना तरिकाले उत्कृष्ट ब्यवस्थापनका साथ खोप सेवा प्रदान गरेको धन्यवाद दिनुभयो । शिवराज नगरपालिका भित्र रहेका ६५ वर्ष पुरा गरेका ९ हजार जेष्ठ नागरिकहरुलाई खोप लगाउने लक्ष्य रहेको छ ।

सम्बन्धित् समाचार