फाल्गुन २७ कपिलबस्तु
प्रेम पाण्डे
– नितान्त मानव सेवामा समर्पित कपिलबस्तु बाणगंगा को सामाजिक संस्था मनको साथी प्रतिष्ठानलाइ आज एकैदिन १३५०० तेह्र हजार पाँच सय रुपैया सहयोग प्राप्त भएको छ,
मनको साथी प्रतिष्ठान केहि महिना पहिले कपिलवस्तुको बाणगंगा बाट नेपालका सहरहरु संगै दुबई कतार साउदी मलेसिया कुबेत न्युजिल्याण्ड अमेरिका फ्रान्स जर्मनी लगाएत मा बस्ने युवाहरुको एउटा सामाजिक कार्य गर्ने उदेश्य स्वरुप जन्मिएको संस्था हो।
देशभित्रै र देश बाहिर रहनुभएका युवाहरूको संजाल हो ” मनको साथी फाउन्डेसन” यो फाउन्डेसन मार्फत नितान्त मानव सेवामा समर्पित काम हरु हुनेकुरा प्रतिष्ठान का आधिकारीक व्यक्तीहरुले जानकारी गराउनुभएको छ ।अझै एसलाइ बैधानिकता दिने काम प्रक्रिया मै छ।
यो फाउन्डेसनमा जम्मा भएको रकमले केहिहद सम्म निभेका चुल्होहरु बाल्ने प्रयास चहर्याएका घाउहरुमा अलिकति मल्हम दल्ने गरिबीको कारण पढ्न नपाएका प्यारा भाइबहिनी हरुको झोलामा कमसेकम एउटा पेन्सिल र कापी राखिदिने सन्तान बाट हेपिएका बा आमा हरुको थोरै भएपनी आँसु पुछिदिने सरकार पुग्न नभ्याएको झुपडीमा सिटामोल र तातोपानी पुर्याउने लक्ष्य छ।
हालसम्म अत्यन्तै बिपन्न बर्गीय बाणगंगा ९ भलवाड भित्रका आधारभूत विध्यालय तहका बच्चाबच्चीको लागी स्कुल ब्याग र कापी पेन्सिल लगाएत सहयोग गरिसकेको छ।
र आगामी दिनमा आउने सङ्कटहरुको पुर्वतयारीको लागी प्रतिस्ठान सँग रु पचास हजार बराबर को फन्ड संकलन भैसकेको छ।
आज महाशिवरात्री को पावन अबशरमा आफ्ना बिभिन्न बिसेषदिन को अबशर पारेर प्रतिस्ठान लाइ रु १३५०० रुपैया सहयोग भएको छ।
आफ्नो बैवाहिक जिन्दगीको पच्चीसौ बर्ष उत्सबको अबशरमा बाणगंगा चार नम्बर बाट नारायण गिरी र शान्ती गिरी ले रु पाँच हजार रुपैया सहयोग गर्नुभएको छ,
वाणगंगा ९ भर्तापुर कपिलवस्तु निवासी श्री मिन बहादुर थापा र कल्पना थापा ले आफ्नो ३५औ बैबाहिक बर्ष गाँठको अबशरमा रु तिन हजार रुपैया सहयोग गर्नु भएको छ,आफ्नी श्रीमती निर्मला भुसालको जन्मदिनको अबशर पारेर बाणगंगा ९ जिनुवाका हरि भुसाल ले रु पन्द्रह सय रुपैया सहयोग गर्नु भएको छ।
वाणगंगा ९ बर्दहवा हाल कतारमा रहनु भएका बिष्णु चुंदाली पौडेलले शिबरात्रीको अबशरमा आफ्नो परिवारको सु स्वास्थ को कामना गर्दै रु तिन हजार सहयोग गर्नु भएको छ र अर्का वाणगंगा ९ बर्दहवा हाल दुबईमा रहनु भएका श्रवण पाण्डे ले रु एक हजार सहयोग गर्नु भएको छ।
प्रतिस्ठानले सामाजिक सहयोग गर्दैगर्दा सामाजिक अभियन्ता हरु संगै रहेर गर्ने प्रतिष्ठान नितान्त गैर राजनैतिक हो।
मनको साथी प्रतिष्ठानलाइ आज रु १३५०० सहयोग,








