गृहपृष्ठ खबर टी-२० क्रिकेटमा कोहलीले बनाए कीर्तिमान

टी-२० क्रिकेटमा कोहलीले बनाए कीर्तिमान

काठमाडौं : भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा तीन हजार रन पूरा गर्ने पहिलो खेलाडी बनेका छन्। आइतबार राति इंग्ल्यान्डविरुद्धको दोस्रो टी-२० खेलमा कोहलीले कीर्तिमान बनाएका हुन्। भारत ७ विकेटले विजयी भएको खेलमा कोहलीले नटआउट ७३ रन जोडेका थिए।

कोहले ४९ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। ७३ रन जोडेसँगै उनले टी-२० अन्तर्राष्ट्रियमा कुल ३ हजार १ रन बनाए। उनले ८१ इनिङ्ग्स ब्याटिङ गरेर तीन हजार रन पूरा गरेका हुन्। कोहलीले टी-२० मा २६ अर्धशतक प्रहार गरेका छन्।

अन्तर्राष्ट्रिय क्रिकेटमा ७० शतक प्रहार गरिसकेका उनले टी-२० अन्तर्राष्ट्रियमा भने शतक हिर्काउन सकेका छैनन्।कोहलीले सन् २०१० मा जिम्बावेविरुद्धको खेलबाट टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका थिए।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीको दोस्रो स्थानमा न्युजिल्यान्डका मार्टिन गुपटिल छन्। उनले ९९ खेलमा २८ सय ३९ रन बनाएका छन्।

सम्बन्धित् समाचार