गृहपृष्ठ Featured बाणगंगा मा.बि. २०४९का एसएलसी ग्रुपद्धारा पिडित साथिलाई सहयोग

बाणगंगा मा.बि. २०४९का एसएलसी ग्रुपद्धारा पिडित साथिलाई सहयोग

कपिलवस्तुको बाणगंगामा रहेको बाणगंगा माध्यामिक बिद्यालयमा २०४९सालमा एसएलसी संगै दिएका साथिहरुले एक पिडित साथिलाई सहयोग गरेका छन् । बाणगंगा नगरपालिका वडा न.५ बस्ने राजकुमार गुरुङलाई उनिहरुले सहयोग गरेका हुन् ।

गुरुङकि धर्मपत्नि रुपा गुरुङ विगत दश बर्षदेखि बिरामि भएर थला परेको थाहा पाएपछि उनिहरुको अवस्था बुज्न केहि साथिहरु उनको घरमा पुगका थिए । संगै कक्षा १०मा अध्यन गरेका राजुले आफ्ने अवस्थाबारे जानकारी दिएपछि उनिहरुका आँखा रसाए ।

२०४९ सालमा एसएलसी संगै दिएका साथिहरु को कहाँ छन भन्ने केहि थाहा थिएन । राजुको अवस्थाबारे थाहापाए लगत्तै सामाजिक संजालमा बाणगंगा माध्यामिक बिद्यालय एसएलसि २०४९ग्रुप तयार भयो । ग्रुपमा एकाएक साथिहरु जोडिए । सबैले राजकुमारको अवस्था थाहापाए र सहयोगका लागि सबै एकजुट भएका छन् । सोहि कारण आज (सोमवार) राजकुमारको घरमै पुगेर एसएलसी २०४९ ग्रुपले खाद्यान्न सहयोग गरेको ग्रुपका व्यवस्थापक सोभाखर पराजुलिले जानकारी दिए । ग्रुपले राजकुमारलाई केहि समस्या भएमा आफुहरु जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको प्रतिबद्धता समेत गरेका छन् । उनिहरुले राजकुमारलाई आफ्नी र्धमपत्नीलाई स्याहार सुरारमा केहि कमिहुन नदिन आग्रह समेत गरेका छन् ।

उता पिडित भएका साथिले पनि आफुहरु संगै अध्ययन गरेका साथिहरुले यसरि सहयोग गर्दा आफुलाई बाच्ने आधार र हौसला बढेको बताए । सहयोगका लागि पदम प्रताप सेनले एसएलसी गु्रपमा मात्र नभएर अनेत्र पनि पहल गर्ने बताएका छन् । पिडित गुरुङका बृद्ध बा आमा र एक छोरा बुहारी छन् ।

 

सम्बन्धित् समाचार