
कपिलवस्तु : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) सिद्धार्थ क्याम्पसको आयोजनामा जारी खेलकुद सप्ताहमा आज तीन खेल सम्पन्न भएका छन् । “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नाराका साथ सुरु भएको खेलकुद सप्ताहको तेस्रो दिन आज भएको छात्राहरुको १०० मिटर दौड प्रतियोगितामा निलम अधिकारी प्रथम, विन्दु अधिकारी दोस्रो र मिना गैरे तेस्रो हुन सफल भएका छन् ।
त्यस्तै छात्रतर्फको २०० मिटर दौडमा निराजन बुढाथोकी प्रथम, सन्तोष खनाल दोस्रो र कृष्ण बानिया तेस्रो भएका छन् ।
क्रिकेटतर्फ विविएस प्रथम बर्ष नयाँ र विविएस प्रथम बर्ष पुरानो बिच भएको सेमिफाईनल खेलमा विविएस प्रथम बर्ष नयाँले ४ रनको रोमान्चक जित हासिल गरेको छ । छात्राहरुको भलिबलमा नयाँ बिबिएस प्रथम बर्षले कक्षा १२ को टिमलाई पराजित गरेको थियो । त्यस्तै भलिबलमा नै कक्षा ११ को टिमले व्याचलर प्रथम बर्षलाई हराएको छ ।
त्यस्तै आजै भएको छात्राहरुको भलिबलमा कक्षा ११ को ए टिम प्रथम भएको खेल सप्ताहका खेल सहसंयोजक अङकित पोखरेलले जानकारी दिनुभएको छ ।
पोखरेलका अनुसार भोलि पनि ३ खेल हुने छ । पोखरेलले कबड्डीसंगै फुटबल र क्रिकेटको फाईनल खेल हुने जानकारी दिनुभयो ।








