
कपिलवस्तु : किशोरीहरुको समग्र विकासका लागि सामाजिक तथा आर्थिक सिप विकास रुपान्तरण कार्यक्रम अन्तर्गत जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम तौलिहवामा सुरु भएको छ । संयुक्त राष्ट्र जनसंख्या कोष युएनएफपिएको सहयोगमा नेपाल परिवार नियोजन संघ कपिलवस्तुको आयोजनामा १० दिने तालिकको सुभारम्भ गरिएको हो ।
तालिमको उदघाटन सत्रको सुभारम्भ गर्दै जिल्ला समन्वय समितिकी उप प्रमुख तारावती चौधरीले तालिमले किशोर किशोरीहरु सचेत भई गाउँ समाजमा समेत सचेतना फैलाउने बताईन । उनले यौन तथा प्रजजन स्वास्थ्यका बिषयमा अझै पनि खुलेर बोल्न नसकिरहेको बेला एकीकृत परिवार नियोजनको विषयलाई समेटेर तयार गरिएको रुपान्त्रण कक्षाले किशोर किशाराहरुलाई ज्ञान दिने बताईन ।
सो अवसरमा युएनएफपिएका कपिलवस्तु प्रमुख चित्र महतोले परिवार नियोजनका बिषयमा समेत कपिलवस्त्ुको अवस्था कमजोर रहेको बताए । उनले बालविवाह, यौन तथा प्रजजन स्वास्थ्यको सवाल अझै पनि कायम रहेको बताए । कार्यक्रममा संघका जिल्ला सभापति खग प्रसाद चापागाईले परिवार नियोजनको विषयलाई अर्झै पनि समाजले राम्ररी बुुझन नसक्दा समस्या आएको बताए । उनले परिवार नियोजनको बिषय र सवाललाई गाउँगाउँमा ब्यापक रुपमा लैजानु पर्ने बताए । उनले योे बिषयलाई किशार किशोराहरुले सशक्तरुपमा उठान गर्नु पर्ने बताए । तालिममा ४ पालिकाका २० जना किशोर किशोराहरु सहभागी छन ।
तालिममा गीता वली र सुस्मा शर्माले सहजीकरण गरेका छन । उदघाटन कार्यक्रम सघका अध्यक्ष चापागाईको अध्यक्षता र सुसमा आचार्यको संचालनमा भएको कार्यक्रममा संघका प्रबन्धक बिष्णु ज्ञवाली कोषाध्यक्ष बिजयलक्ष्मी सिंह लगायतले मन्तब्य दिएका थिए ।








