गृहपृष्ठ Featured होटल व्यवसायी संघ कपिलवस्तुको पर्यटन प्रवद्र्धन अभियानलाई कपिलवस्तुमा स्वागत

होटल व्यवसायी संघ कपिलवस्तुको पर्यटन प्रवद्र्धन अभियानलाई कपिलवस्तुमा स्वागत

 

दिगो तथा मर्यादित सामाजिक आर्थिक शसक्तिकरणका लागि हाम्रो पेशा भन्ने मुल नाराका साथ होटेल तथा रेष्टुरेण्ट ब्यवसायी संघ कपिलवस्तुको पर्यटन प्रवद्र्धन मेचीमहाकाली अभियान कपिलवस्तु आईपुगेको छ । जिल्लाको चार नम्बर जितपुर चोकमा उक्त अभियानलाई स्वागत गरिएको हो । कोरोनाको कारण होटेल ब्यावसायी धरासयी भएपछी जिल्लामा पर्यटक भित्र्याउन सुरु भएको अभियान पुर्व मेची लगायत विभिन्न जिल्लामा पुगेर गृहजिल्ला कपिलवस्तु आईपुगेको हो । धार्मिक पुरातात्विक र पर्यटकीय स्थलले भरिपुर्ण कपिलवस्तुको पहिचान, पर्यटन प्रवद्र्धन र विकास गर्ने उद्देश्यले मेचीमहाकाली अभियान गरिएको हो । सो अभियानलाई यस क्षेत्रका होटल व्यवसायी, बाणगंगाका जनप्रतिनिधि, पत्रकार महासंघ कपिलवस्तु लगायतले एक कार्यक्रमको आयोजना गरि उक्त अभियानलाई स्वागत गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सांसद अतहर कमाल मुसलवानले कपिलवस्तु जिल्ला पर्यटकीय सम्पदाले भरिपुर्ण रहेकाले यहाँका ऐतिहासिक र पुरातात्विक सम्पदाको देशैभर प्रदर्शन गर्न आवश्यक रहेको बताए । उनले मेचीमहाकाली अभियानको सफलताको शुभकामना दिंदै सक्दो सहयोग गर्ने बताए ।

त्यस्तै प्रदेश सांसद बिष्णु पन्थीले कपिलवस्तुमा पनि होटल व्यवसाय क्रमशः फस्टाउदै गएको बताए । कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका सांसद पन्थीले कपिलवस्तुलाई चिनाउन गरिएको यो अभियानले ‘नेपाल देख्न र बुझ्न, जानुपर्छ कपिलवस्तु घुम्न’ भन्ने कथनलाई प्रमाणित गरेको बताए ।

संघका अध्यक्ष गोपाल बहादुर खत्रीले अभियानको औचियत्य माथी प्रकाश पार्दै कपिलवस्तुको परिचय बताए । अध्यक्ष खत्रीले अब कपिलवस्तु पर्यटनको ओईरो लाग्ने बताए । उनले कोरोनाका कारण थला परेका होटल व्यवसायीलाई माथि उठाउनका लागि विभिन्न प्रदेश तथा जिल्लामा ज्ञापन पत्र बुझाएको बताए । उनले अभियानलाई स्वागत गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै अब पश्चिम तर्फ यात्रा गर्ने बताए ।

स्वागत कार्यक्रममा बाणगंगा नगरपालिका वडा नं. ४ का वडाध्यक्ष गणेश बहादुर क्षेत्री, १ का अध्यक्ष वालकुमारी पन्त अधिकारी, कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष दोलकराम घिमिरे, पत्रकार महासंघ कपिलवस्तु शाखा अध्यक्ष डिलाराम भुसाल लगायतले मन्तब्य राख्दै अभियान सफलताको शुभकामना दिए ।

कार्यक्रममा टोलिले भिभिन्न जिल्लाका प्रतिनिधिहरुलाइ कपिलवस्तुका पर्यटन प्रबर्द्धन हुने खालका झलक समेटिएका मायाको चिनो, ब्रसर र पम्प्लेट बितरण गरिरहेको छ । कपिलवस्तुको बुद्धभूमिमा थारु महिलाले बुनेका ढकियाको देशभर विक्रि भई करिव ५० हजार कारोवार भईसकेको बताईएको छ । यसअघि टोलिले बाग्मती, गण्डकी, प्रदेश १ र प्रदेश २ मा कार्यक्रम गरिसकेको छ । सबै ठाउँमा अभियानको प्रसंसा गरेका छन । चैत्र ३ गतेदेखी सुरु भएको मेची महाकाली अभियान पश्चिमको महाकाली पुगेर समापन हुने अध्यक्ष खत्रीले जानकारी दिए ।

अभियानका प्रेस संयोजक चन्द्रकान्त न्यौपानेको संचालन रहेको कार्यक्रममा बरिस्ठ उपाध्यक्ष लेख्नाथ घर्ती, उपाध्यक्ष रेशम ढकाल, सचिब शिव राज सापकोटा, कोषाध्यक्ष पदम ढकाल लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित् समाचार