गृहपृष्ठ अन्तरास्ट्रिय खबर बर्मामा सैन्य क्रुरता: ४ सय बढी मारिए

बर्मामा सैन्य क्रुरता: ४ सय बढी मारिए

प्रकाशित मिति:

नपिद्व: म्यानमारमा सैन्य कूको विरोध सडकमा उर्लिएको जनसागरलाई बलपूर्वक दबाउन खोज्दा अवस्था झन् जटिल बन्दै गएको छ । ४ सय भन्दा धेरै मारिएका छन् । प्रदर्शननकारीमाथिको सैन्य ज्यादती बढ्दो छ। हजारौँ मानिस हिरासतमा थुनिएका छन् ।

गत फेब्रुअरी १ मा सेनाले कू गरेपछि त्यसको विरोधमा हरेक दिन प्रदर्शन हुँदैआएको छ । तर सेनाले प्रदर्शन दबाउन व्यापक रुपमा गोली वर्षा गरेको छ ।पछिल्ला दिनहरुमा प्रदर्शनकारीहरुमाथि सेना थप आक्रामक देखिएको छ । पछिल्लो शनिबार मात्रै सेनाले ४० ठाउँमा गोली चलाएको थियो । जहाँ १ सय भन्दा धेरै मारिएका छन् । र यस घटनालाई फेब्रुअरी १ यताकै सबैभन्दा डरलाग्दो मानिएको छ ।

आइतबार भने स्कुले बालकसहित केही युवकहरुको श्रद्धाञ्जली सभामा भेला भएका मानिसहरुमाथि समेत सेनाले गोली चलायो । यद्यपि म्यानमारका विभिन्न सहरमा प्रदर्शन रोकिएको छैन । सेना थप हिंस्रक बन्दैआएको छ ।

एजेन्सीहरुका अनुसार आइतबारसम्म आन्दोलनमा मृत्यु हुनेको संख्या ४५९ पुगेको छ । तर अरु केही मृत्युका समाचार रेकर्ड नभएको हुनसक्ने बताइएको छ । आइतबार रातिसम्म मृत्यु हुनेको संख्या ४५९ पुगेको छ । आइतबार मात्रै ३६ जनाको हत्या भयो भने शनिबार एकै दिन ११४ जना प्रदर्शनकारी मारिए । र हालसम्म २,५५९ जना सैनिक हिरासतमा छन् । ३७ जनालाई जेल सजाय तोकिएको छ।

विश्वभरबाट निन्दा

म्यानमारको सेनाको गतिविधिमाथि विश्वका विभिन्न देशले विरोध जनाइसकेका छन् । कतिपय देशमा त म्यानमारको प्रजातान्त्रिक आन्दोलनप्रति ऐकवद्धता साथै सेनाको विरोध गर्दै प्रदर्शन समेत भएका छन् । नेपालसहित केही देशका नागरिक अगुवाहरुले सरकारलाई यस घटनाको विरोध गर्न माग गरिरहेका छन् ।

शनिबारको हिंसात्मक र ज्यादतीपूर्ण घटनासँगै अमेरिका, बेलायत सहित विभिन्न १२ देशका रक्षामन्त्रीहरुले म्यानमारको सैन्य दमनको विरोध गरेका छन् ।

बीबीसीका अनुसार अमेरिकाले शनिवार सुरक्षा फौजहरूले ‘आतङ्कको शासन’ गरेको आरोप लगाएको छ। बेलायतसहित १२ देशका रक्षा प्रमुखहरूले एउटा संयुक्त वक्तव्य जारी गर्दै सेनाको हिंसात्मक कदमको निन्दा गरेका छन्।

सम्बन्धित् समाचार