गृहपृष्ठ Featured वडाको एकमात्र उच्च माध्यमिक, प्रा वि मा जम्मा चालिस बिद्यार्थी

वडाको एकमात्र उच्च माध्यमिक, प्रा वि मा जम्मा चालिस बिद्यार्थी

बाणगंगा नगरपालिका अन्तर्गत भलवाड नगरपालिकाको सबैभन्दा ठुलो वडा हो, तथापि वडाभित्रकै उच्च माध्यमिक शुद्धोदन मा.वि. मा विद्यार्थी संख्या न्यून छन। प्रा.वि तहमा त ४० जना बिद्यार्थी पनि छैनन्। बिद्यालयको खस्किदो अबस्थाका कारण भलवाडबाट हजार बढी बालबालिका ले आफ्नो भबिस्य निर्धारण को बिकल्प खोज्न अन्यत्र जानुपरेको छ,
कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका ९ स्थित जिनुवामा रहेको श्री शुद्धोधन जन जीवन मा.वि.मा प्रत्येक वर्ष विद्यार्थीको संख्या घट्नुले वडाको जिम्मेवार तहलाई गिज्ज्याइरहेको सुभचिन्तक हरु बताउछन।
वडाको एकमात्र उच्च मा.वि रहेको उक्त विद्यालयमा बाल विकास देखि कक्षा ५ सम्म ४० विद्यार्थी पनि नरहेको तथ्य सार्वजनिक भएको छ तर विद्यालय प्रशासनले भने रेर्कडमा ७५ जना विद्यार्थी देखाएको विद्यालयका लेखा शिक्षक एक नारायण पौडेलले बताउनु भएको छ ।
विद्यालयको खस्किदो अवस्थाका कारण विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको अभिभावकले बताउन्छन् । प्रशासनको कमजोरी , विद्यालय व्यवस्थापन समितिले ३ वर्ष सम्म पनि पुर्णता नपाउनु विद्यालयकै प्रमुख कमजोरी रहेको अभिभावकको गुनासो छ । उसो त राजनीति तरिकाले हेर्दा ३ वर्ष सम्म पनि व्यवस्थापन समिति शिक्षक अभिभावक समितिको प्रतिनिधित्व हुन नसकेको विद्यालयकै शिक्षकहरुले बताउदै अाएका छन् ।
आफुले लामो समय सम्म अध्यापन गराइरहेको स्कुलमा आफ्नै बच्चाबच्चीको भबिस्यमाथी नै प्रश्न उठ्न थालेपछि नचाहेरै अन्यत्र पढाउनु परेको एक शिक्षक ले बताउनु भयो,
बिगतमा राम्रै रहेको स्कुलमा केही वर्ष एता प्रा.वि तहमा विद्यार्थी संख्या नराम्ररी घट्नु,नयाँ बिद्यार्थी पाउन नसक्नु विद्यालय को स्तर र विद्यार्थी संख्या घट्दै जानु विद्यालय प्र.अको कमजोरी रहेको जानकारहरु र श्री शुद्धोधन जन जीवन मा.वि.मा अध्यापन गराउदै आएका शिक्षकहरुनै बताउन्छन् ।

सम्बन्धित् समाचार