गृहपृष्ठ खबर २०८१ सम्ममा याङ्ग्री र लार्केको पानी काठमाडौं ल्याउँछौँ- प्रधानमन्त्री

२०८१ सम्ममा याङ्ग्री र लार्केको पानी काठमाडौं ल्याउँछौँ- प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले काठमाडौंमा खानेपानीको क्षमतालाई बढाउन याङ्ग्री र लार्केको पानी २०८१ सालसम्ममा ल्याउने बताए ।

उनले भने, ‘आज साढे आठ करोड लिटर काठमाडौंमा वितरण भइरहेको छ । अब यसलाई बढाउँदै लगेर अहिलेको क्षमता भनेको १७ करोड लिटर हो । त्यस क्षमतासम्म पुर्‍याइनेछ । तर, यही टनेलबाट पानी आउने हो याङ्ग्रीको पनि, लार्केको पनि । १७–१७ करोड लिटर यसै टनेलबाट आउने हो । त्यसकारण अब हाम्रो तदरुकताको हिसाबले पनि अनावश्यक लामो समय लिन सक्दैन । मलाई लाग्छ सायद २०८१ साल नयाँ वर्ष सुरू गर्दा अब तीन वर्षपछि याङ्ग्री र लार्केको पानी पनि काठमाडौंमा झार्न सक्ने हुन्छौँ । त्यसपछि काठमाडौंको वितरण कार्य पूरा हुनेछ ।’

प्रधानमन्त्री ओलीले पुनर्स्थापित संसद्ले काम गर्न नसकेको र संसद्लाई तानातानको थलो बनाइएको टिप्पणीसमेत गरे । उनले संसद्लाई दलका व्यक्तिहरूको स्वार्थमा तानातानको थलो बनाउनु नहुने बताए ।

सम्बन्धित् समाचार