गृहपृष्ठ खबर विकास नदेख्नेले साउने चश्मा लगाए हुन्छ- गोकुल बास्कोटा

विकास नदेख्नेले साउने चश्मा लगाए हुन्छ- गोकुल बास्कोटा

प्रकाशित मिति:

काठमाडौं : प्रतिनिधिसभाका सांसद गोकुलप्रसाद बास्कोटाले सरकारले गरेको विकास निर्माणको काम देख्न नसक्नेलाई ुसाउने चश्माु लगाउन भनेका छन्। सोमबार प्रतिनिधिसभाको विशेष सयममा बोल्दै बास्कोटाले सरकार विरोधीले विकास निर्माणका काम नदेखेको आरोप लगाएका हुन्। उनले सरकारले गरेका काम देखेर विरोधीहरुले डाहा गरेको तर्क गरे।

‘धरहरा बनेन। अब केही पनि देख्न् हेर्न र सुन्न सकिन्न भने एउटा मेरो बिनम्रतापूर्वक सुझाव छ। कानमा रुइ हाल्ने आखाँमा साउने चश्मा लगाउने।’ बास्कोटाले भने।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बन्नु अघिसम्म नेपालको राजनीति ‘राजनीतिुमा मात्रै केन्द्रित भएको बास्कोटाले बताएका छन्। ओली अघिका सरकारको समयमा स्वाधिनताको विषयले प्राथमिकता नै नपाएको उनले दाबी गरे।

‘विकास निर्माण, जनताको सेवा, राष्ट्रिय स्वाधिनताजस्ता विषयवस्तु सरकारका प्राथामिकतामा पर्ने गरेका थिएनन्। आज विकासको एजेण्ड त्यो पनि बहुआयामिक विकासको एजेण्डा प्राथमिकतामा छन्,’ उनले भने।

काठमाडौंमा मेलम्चीको पानी आउँदा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सम्मान नभएको भनेर गुनासो गर्नेले केपी ओलीले देखाएको सपनाको खिल्ली उडाएको बास्कोटाले बताए।

विकास निर्माणको काम गरेको देख्न नचाहनेप्रति खेद प्रकट गर्दै बास्कोटाले जनतालाई निराश नबनाउन आग्रह गरे। प्रधानमन्त्री ओलीले अघि सारेका विकास निर्माणका काम गरेर डाहा गर्नेहरुको अझै प्रेसर बढने उनको भनाई थियो।

‘प्रधानमन्त्रीले अघि सारेको विभिन्न पञ्चवर्षीय र विकासका काम देखेर प्रेसर बढेको छ भने थप प्रेसर बढनेवाला छ। यो घटनेवाला छैन्,’ उनले भने।

सम्बन्धित् समाचार