गृहपृष्ठ Featured बर्षौपछि भलवाडमा जनताले चाहेको उद्द्योगको सुभारम्भ

बर्षौपछि भलवाडमा जनताले चाहेको उद्द्योगको सुभारम्भ

प्रकाशित मिति:

प्रेम पाण्डे वैखरी कपिलबस्तु
चैत्र २५

बन जंगल खोलानाला प्राकृतिक सम्पदाले भरिपूर्ण भलवाड, युगौ देखि आफ्नै स्वाभिमान बोकेको भलवाड,कन्चन अर्घाखाची को चिसो हावा र पवनले सधै संरक्षण गरिरहेको भलवाडले पछिल्लो पटक युवा नेतृत्व पाएको छ नेतृत्व बहन गरिरहनुभएको छ युवा नेता धुर्ब बेलबासेले र नेतृत्वलाइ नजिकबाट बहन गरिरहेका भलवाडबासीले लामो समयदेखि अपेक्षा गरेको आशा गरेको हुनैपर्छ भनेर मनन गरेको एउटा उद्द्योग को आज बिसेष कार्यक्रमका बीच सामाजिक व्यक्तित्व दिपक कुमार थापाको अगुवाइमा सुभारम्भ गरिएको छ।
भलवाड सामुदायिक काष्ठ मिल तथा फर्निचर उद्योगका सचिब गोपाल गिरीले कार्यक्रम को संचालन गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख आतिथ्यता उद्योग प्रयटन बन तथा बातावरण मन्त्रालय लुम्बिनी प्रदेशका मुकाम सचिब डाक्टर राजेन्द्र के सी र बिसिस्ठ आतिथ्यता बन डिभिजन कार्यालय अधिकृत इश्वरी पौडेल, वडा अध्यक्ष धुर्ब बेलबासे घरेलु तथा साना उद्योग प्रमुख कालिदास बस्याल मेचीकाली दैनिक वैखरी रास्ट्रिय अनलाइन खबर रेडियो बाणगंगा लगाएत का पत्रकारहरु र अन्य थुप्रै बिसिस्ठ व्यक्तित्वहरुको उल्लेख्य उपस्थितिमा सुभारम्भ समारोह सम्पन्न भएको छ।
बिभिन्न बिसिस्ठ व्यक्तिहरुले फरक फरक अभिव्यक्ति हरु राख्नु भएको थियो।
उद्योग नितान्त गैर राजनैतिक होस्,कर्मचारीहरुको बिमाको ब्याबस्था गरियोस्,छिट्टै भलवाडमा औद्द्योगिक ग्राम बन्दै गरेकोले लघु उद्दमतालाई ग्राहएता मा राखेर सामुदाइक बन हरु संग सम्झौता गरियोस्।
र प्रक्रियागत आधिकारिक कास्ठ मात्र चिरान र बेच बिखनको काम गरियोस् लगाएत का बिसयहरु उठान गरियो।
बन डिभिजन कार्यालय अधिकृत इश्वरी पौडेलले भलवाड सामुदायिक काष्ठ मिल तथा फर्निचर उद्योगको लागि आगामी दिनहरुमा जिल्ला बन कार्यालय बाट आबस्यक सहयोगको प्रतिबद्दत्ता जाहेर गर्नु भयो भने अब भलवाडले र भलवाडका आम उपभोक्ताले काष्ठ चिरानमा भोग्नुपरेका समस्याहरु बाट मुक्त भएपनि उद्द्योगलाइ गैर राजनैतिक र आधिकारिक तरिकाले संचालन गर्नुपर्ने बताउनु भयो।

सम्बन्धित् समाचार