गृहपृष्ठ खबर सांसद पद गुमाएका ४ मन्त्रीको पुनर्नियुक्ति, आज बेलुका ५ बजे शपथ ग्रहण

सांसद पद गुमाएका ४ मन्त्रीको पुनर्नियुक्ति, आज बेलुका ५ बजे शपथ ग्रहण

प्रकाशित मिति:

काठमाण्डौ : सांसद पद गुमाएका चार मन्त्रीको पुनर्नियुक्ति भएको छ । मन्त्रीमा पुनर्नियुक्ति भएका टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशङ्कर चौधरीले शुक्रवार ९आज० बेलुका ५ बजे फेरि शपथ ग्रहण गर्ने तयारी छ ।

राष्ट्रपति कार्यालय शितल निवासमा उहाँहरूको शपथका लागि तयारी गरिएको छ । उहाँहरूले यसअघिकै मन्त्रालय पाउनुभएको छ । रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाइ, भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति, साह सहरी विकास र चौधरीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुनेछ ।

सङ्घीय सांसद नरहेका व्यक्तिलाई प्रधानमन्त्रीले ६ महिनाका लागि मन्त्री बनाउन सक्ने संवैधानिक व्यवस्था छ ।

सम्बन्धित् समाचार