गृहपृष्ठ खबर ब्राजिलमा कोरोनाबाट एकैदिन ४२ सयको ज्यान गयो

ब्राजिलमा कोरोनाबाट एकैदिन ४२ सयको ज्यान गयो

प्रकाशित मिति:

साओ पाउलो  : ब्राजिलमा कोरोनाभाइरसका कारण एकैदिनमा थप चार हजार २४९ जनाको मृत्यु भएको छ। सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार योसँगै ब्राजिलमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या तीन लाख ४५ हजार २५ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले दैनिक चार हजारभन्दा बढीको मृत्यु भएको एकै हप्तामा यो दोस्रो पटक भएको जनाएको छ। यसअघि गत मङ्‍गलबार ब्राजिलमा कोरोनाका कारण एकैदिनमा चार हजार १९५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ।

सरकारी अधिकारीहरुले अप्रिल महिनामा कोरोनाका कारण नराम्रो क्षति धेरै बेहोर्नुपर्ने अवस्था रहेको बताएका छन्। कोरोनाका कारण पछिल्लो २४ घण्टामा ८६ हजार ६५२ जना सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ। योसँगै ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमितको कूल सङ्ख्या एक करोड ३२ लाख ७९ हजार ८५७ पुगेको छ।

ब्राजिलमा मध्य जनवरीदेखि कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको छ। तर, सङ्क्रमित र मृतकको सङ्ख्यामा भने कमी आएको छैन। देशभरि अहिलेसम्म दुई करोड ७५ हजार ११ हजार ५३७ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ।

कोरोना भाइरसबाट धेरै प्रभावितहरुको सूचीमा ब्राजिल दोस्रो क्रममा रहेको छ। ब्राजिलमा भन्दा धेरै अमेरिकामा कोरोनाको असर परेको छ। हाल ब्राजिलको स्वास्थ्य प्रणालीले कोभिड(१९ को भयानक तनाव खेपिरेहको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमण निकै तीव्र बन्दै गएको छ। अस्पतालहरूले बिरामीको चाप थेग्‍न नसकेपछि उपचारमा समस्या भएको जनाएका छन्।

सम्बन्धित् समाचार