गृहपृष्ठ अन्तरास्ट्रिय खबर इन्डोनेसियामा शक्तिशाली भूकम्प

इन्डोनेसियामा शक्तिशाली भूकम्प

प्रकाशित मिति:

जकार्ता: इन्डोनेसियाको जाभा टापुमा शनिबार ६ म्याग्निच्यूडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार सुनामीको खतरा भने देखिएको छैन ।

भूकम्प ८२ किलोमिटर अर्थात् ५० माइल गहिराइमा थियो । पूर्वी जाभाको मालाङ सहरबाट ४५ किलोमिटर दक्षिणपश्चिम क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो ।

भूकम्पबाट दशौँ लाख मानिसको बसोबास रहेको मालाङ सहरलाई शक्तिशाली भूकम्पले केही बेरसम्म हल्लाए पनि कोही घाइते भएको विवरण सार्वजनिक भएको छैन ।

इन्डोनेसियामा गत साता मात्रै बाढीले ठूलो जनधनको क्षति भएको थियो । इन्डोनेसियामा हरेक वर्ष भूकम्प, बाढी, सुनामी लगायत प्राकृतिक विपदका कारण ठूलो क्षति हुने गरेको छ ।

२०१८ मा ७ दशमलब ५ म्याग्निच्यूडको भूकम्प र भूकम्पपछिको सुनामीमा परी ४ हजार ३ सय मानिस वेपत्ता भएका थिए ।

२००४ को डिसेम्बरमा ९ दशमलब १ म्याग्निच्यूडको भूकम्प र त्यसपछिको सुनामीका कारण २ लाख २० हजार मानिको मृत्यु भएको थियो ।

सम्बन्धित् समाचार