गृहपृष्ठ Featured प्राधिकरणले एक वर्षभित्र यी ५० ठाउँमा बनाउँदै छ चार्जिङ स्टेसन

प्राधिकरणले एक वर्षभित्र यी ५० ठाउँमा बनाउँदै छ चार्जिङ स्टेसन

प्रकाशित मिति:

नेपाल विद्युत प्राधिकरणले देशका ५० स्थानमा चार्जिङ स्टेसन राख्ने भएको छ । चार्जिङ स्टेसनका लागि वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड, जियाङ्सु, चीन र नेपाल विद्युत् प्राधिकरणबीच सम्झौता भएको हो ।

३७ करोड ७९ लाखको यो ठेक्का कम्पनीले १ वर्षभित्र सक्नुपर्ने सम्झौतामा उल्लेख छ । यी चार्जिङ स्टेसन सातैवटा प्रदेशमा राखिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार प्रदेश १ मा  दमक, भद्रपुर, कन्काई, विराटनगर र इटहरी गरी कुल पाँचवटा चार्जिङ स्टेसन राखिनेछ । त्यस्तै, प्रदेश २ मा वीरगञ्ज, सिमरा, चन्द्रनिगाहपुर, ढल्केवर, जनकपुर, बर्दिबास र राजविराजमा राखिनेछ ।

त्यसैगरी मलेखुमा २, बीपी राजमार्गमा २, हेटौँडामा २, भरतपुरमा २, मुग्लिन–कुरिनटार सडकखण्डमा ४ र बनेपामा १ गरी कुल १३ वटा चार्जिङ स्टेसन स्थापना गरिने प्राधिकरणले जनाएको छ ।

नवलपुरमा १, दमौलीमा १, स्याङजामा १, पोखरामा ३ गरी गण्डकी प्रदेशमा छवटा चार्जिङ स्टेसन हुनेछन् । त्यस्तै, प्रदेश ५ मा नेपालगञ्ज, भालुवाङ र दाङमा एक–एक वटा, बुटवलमा ३ र सुनवलमा २ गरी प्रदेश ५ मा कुल ८ वटा चार्जिङ स्टेसन राखिने उल्लेख गरिएको छ ।

कर्णाली प्रदेशमा भने सुर्खेतमा एउटा मात्र राखिनेछ । त्यसैगरी, प्रदेश ७ मा महेन्द्र नगर, धनगढी र डडेलधुरा एउटा–एउटा राखिनेछ भने काठमाडौं उपत्यकामा ७ स्थानमा चार्जिङ स्टेसन राखिने भएको छ ।

सम्बन्धित् समाचार