गृहपृष्ठ Featured खोजिपुर सामुदायिक बन उपभोक्ता समूहको ११ औं साधारण सभा सम्पन्न

खोजिपुर सामुदायिक बन उपभोक्ता समूहको ११ औं साधारण सभा सम्पन्न


हरि घिमिरे, ४ नम्बर बैशाख ४
बाणगंगा नगरपालिका वडा नं. ९ जिनुवास्थित खोजिपुर सामुदायिक बन उपभोक्ता समूहको ११ औं साधारण सभा सम्पन्न भएको छ । साधारण सभा आफ्नै समूहको सभाहलमा शनिवार सम्पन्न भएको हो ।

साधारण सभामा संस्थाका कोपाध्यक्ष दामोदर भूसालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । कोषाध्यक्ष भूसालले आर्थिक वर्ष २०७६÷७७ मा २० लाख ४० हजार बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै संस्थाका सचिव पुजा बेल्वासेले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा संयोजक नरेन्द्र बेल्वासेले लेखा प्रतिवेदन पेश गर्नुभएको छ ।

आगामी वर्षका लागी वन मार्फत १ करोड ७५ लाख बराबरको अनुमानित बजेट प्रस्तुत गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिका वडा नं.९ का वडा अध्यक्ष धु्रब बेल्वासेले खोजिपुर सामुदायिक बन उपभोक्ता समूहले छोटो समायावधिमा आम उपभोक्ताका लागी राम्रो कार्य गर्न सफल भएको बताउनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष बेल्वासेले आगामी दिनमा वनको संरक्षण गर्दै चुस्तदुरुस्त तरिकाले कार्य सम्पादन गर्न संस्थालाई सुझाव दिनुभयो । वडा र सामुदायिक बन उपभोक्ता समूहले समन्वयात्मक तरिकाले कार्य गर्दै जादाँ आम नागरिलाई सहज हुने उहाँको भनाई रहेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै सव डिभिजन कार्यलय गोरुसिङ्गेका सहायक वन अधिकृत बसन्त थापाले पछिल्लो समय बन क्षेत्रमा लागेको डडेलोले नराम्रो असर गरेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका थापाले यस्ताका कार्य हुन नदिन वनका पदाधिकारीको विशेष भूमिका रहेको भन्दै समन्वयात्मक ढङगबाट समाधानको उपाय खोज्नुपर्ने बताउनुभयो ।

वनका अध्यक्ष दिपक थापाको अध्यक्षता, उपाध्यक्ष नेत्र खनालको स्वागत रहेको कार्यक्रममा संस्थाका सदस्य लेखनाथ पौडेलको संन्चालनमा सम्पन्न भएको हो । कार्यक्रममा वनका करिव १ सय २० भन्दा उपभोक्ताको उपस्थिती रहेको थियो ।

 

सम्बन्धित् समाचार