गृहपृष्ठ खबर एकैदिन १ हजार बढीमा संक्रमण पुष्टि

एकैदिन १ हजार बढीमा संक्रमण पुष्टि

प्रकाशित मिति:

काठमाडौं : नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा थप १०९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

गौतमका अनुसार ५०८४ पिसिआर परीक्षणबाट १०१५ र ६९९ एन्टीजेनबाट ८१ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा सर्वाधिक ४३५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३२६ जना काठमाडौँमा, ६४ जना ललितपुर तथा ४५ जना भक्तपुरका रहेका छन् ।

पछिल्लो २४ घन्टामा २६२ जना संक्रमणमुक्त भएका छन्। गौतमका अनुसार पछिल्लो एक सातामा १९५४२ परीक्षण भएकोमा ३१०९ संक्रमित फेला परेका छन्। यस्तै यो साता ८५३ जना संक्रमणमुक्त भएका छन्।

सम्बन्धित् समाचार