गृहपृष्ठ खबर मन्त्रिपरिषद्को बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक बस्दै

प्रकाशित मिति:

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्दैछ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको जानकारी दिए । उनका अनुसार आज दिउँसो एमालेको केन्द्रीय कमिटीको बैठक बस्ने भएकाले विहानका लागि मन्त्रिपरिषद्को बैठक डाकिएको हो ।

आजको मन्त्रिपरिषद् बैठकमा कोरोना संक्रमण रोकथामका लागि सरकारका लागि सरकारका आगामी कदमका बारेमा छलफल हुने बताइएको छ ।

बैठकमा सहभागी हुनका लागि मन्त्रीहरू बालुवाटार पुग्न थालेका छन् ।

सम्बन्धित् समाचार