गृहपृष्ठ खबर कपिलवस्तुको बुद्धभुमी १ टिक्करमा नरसिहं मन्दिरको उद्घाटन

कपिलवस्तुको बुद्धभुमी १ टिक्करमा नरसिहं मन्दिरको उद्घाटन

प्रकाशित मिति:

वैखरी अनलाइन : कपिलवस्तुको बुद्धभूमिम नगरपालिका वडा नं. १ टिक्करमा आज एक कार्यक्रमकाबिच नरसिहं मन्दिरको उद्घाटन गरिएको छ । अर्घाखाँचीको मालारानीमा मुल मन्दिरको रहेको नरसिंह मन्दिरकोे सम्झनामा टिक्करमा सो मन्दिर निमार्ण गरिएको हो ।

बुद्धभुमी नगरपालिकाको २० लाख आर्थिक सहयोगमा बनेको मन्दीरलाई आज एक कार्यक्रमकाबिच पुर्व सिचाई मन्त्री सुरेन्द्रराज आर्चायले उद्यघाटन गरेका हुन । कार्यक्रममा बोल्दै पुर्व राज्यमन्त्री आर्चायले नागरिकको धार्मिक आस्थामा आच आउने काम कसैले गर्न नहुने बताउदै सबै धर्म संरक्षणमा लाग्नुपर्ने बताए ।

उद्यघाटन कार्यक्रममा बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठ, वडा नः १ का वडा अध्यक्ष तेज तिलक बस्नेत, पुर्व यसयसपि बिक्रम थापा, बुद्धभुमी उद्योग बाणिज्य सघंका अध्यक्ष शुभराम भुसाल, समाजसेवि बिष्णुराज टण्डन, पिताम्बर खनाल लगायतले आआफनो धारणा राखेका थिए ।

मन्दीरको आय ब्यय निमार्ण समतिका कोषाध्यक्ष हिम्मत बहादुर टण्डनले पेश गरेका थिए भने निमार्ण समितिका अध्यक्ष मेयर सिहं कुवँरको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन भीमराज खनालले गरेका थिए ।

सम्बन्धित् समाचार