दाङ : दाङमा कोरोना संक्रमणबाट एक पत्रकारको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका वडा नं। १७ बेलभारका ४० वर्षीय उनको मंगलबार राति उपचारको क्रममा मृत्यु भएको हो।
उनी फागुन २५ गतेको निर्वाचनमा नेपाल पत्रकार महासंघ दाङ शाखाको कार्यालयमा भएको निर्वाचनमा मतदान गर्न पनि आएका थिए। आफूलाई अलि सञ्चो नभएको कुरा उनले सोही दिन साथभाइसँग पनि भनेका थिए। चैत २६ गते घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानामा पिसिआर चेकअप गरेका उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भयो।
वैशाख ३ गते हेलिकप्टर चार्टर गरी उनलाई उपचारका लागि काठमाडौं पुर्याइयो। त्यही उनको उपचारका क्रममा मंगलबार राति मृत्यु भएको हो।
उनका उनका श्रीमती, एक छोरा र छोरी रहेको पारिवारिक स्रोतले जनाएको छ।








