काठमाडौं : भारतमा पछिल्लो २४ घण्टामा २ लाख ९५ हजार ४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। भारतमा कोरोना संक्रमण बढ्दै गइरहेकोले आउने केही दिनमा नै दैनिक कोरोना संक्रमितको संख्या ३ लाख नाघ्ने अनुमान गरिएको छ।
संक्रमणको दर बढ्दै गएसँगै भारतमा सक्रिय संक्रमितको संख्या २१ लाख ५७ हजार ५३८ पुगेको छ।
यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्यामा पनि वृद्धि भएको छ। एकैदिन २ हजार २३ जनाको संक्रमणका कारण मृत्यु भएको एएनआइले उल्लेख गरेको छ। १ लाख ६७ हजार ४५७ जना भने डिस्चार्ज भएका छन्।
भारतमा हालसम्म १ करोड ५६ लाख १६ हजार १३० जनामा कोभिड १९ संक्रमण पुष्टि हुँदा १ लाख ८२ हजार ५५३ जनाको मृत्यु भइसकेको छ।








