गृहपृष्ठ खबर पाकिस्तानकाे सेरेना होटलमा बम बिस्फाेट, चार जनाकाे मृत्यु

पाकिस्तानकाे सेरेना होटलमा बम बिस्फाेट, चार जनाकाे मृत्यु

पाकिस्तानी शहर क्वेटाको सेरेना होटलमा बम आक्रमण भएकाे छ । यसमा चार जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार अन्य ११ जना घाइते भएका छन् ।

आक्रमणका बेला चीनका राजदूत क्वेटामै थिए । क्वेटा बलूचिस्तान प्रान्तको राजधानी हो, जुन अफ्गानिस्तानको सीमानजिकै पर्छ । यद्यपि, आक्रमण भएको होटलमा चिनियाँ राजदूत थिएनन् । विस्फोटन होटलको कार पार्किङमा भएको हो ।

सेरेना होटल क्वेटामा चर्चित छ, जहाँ उच्चपदस्थ सरकारी अधिकारीदेखि कूटनीतिज्ञहरूको आउजाउ भइरहन्छ । पाकिस्तानी तालेवानले आक्रमणको जिम्मेवारी लिएको छ ।

सम्बन्धित् समाचार